Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ५ पुष २०७७ । मुलुकभर आज थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय २३ महिला र ३ सय ६५ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ९७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६ सय २० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ७० हजार ८ सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय २१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ८ हजार ३ सय २० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ४ हजार ८ सय ३७ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ८३ जना रहेका छन् ।
यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, र ललितपुर गरी २ जिल्ला रहेका छन् भने, मनाङ्ग र मुगु २ जिल्ला कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ६५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५१ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ११ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया