Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

स्याङ्जा, ४ पुष २०७७ । कोदालो प्रहार गरेर १४ वर्षीय बालकको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

शनिबार स्याङ्जाको हरिनास गाउँपालिका–५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको हत्या अभियोगमा स्थानीय ३६ वर्षीय रेशमबहादुर राना पक्राउ परेका हुन् । रानाले कोदालोको पासो प्रहार गरेर ती बालकलाई हत्या गरेका हुन् । थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका रेशमबहादुरले बालकलाई कुनै काम गराउँदा नमानेपछि हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया