Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ४ पुष २०७७ । झापामा कोरोनाका कारण आज थप १ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । कोरोना कारण मृत्यु हुनेमा शिवसताक्षी-९ का ७४ वर्षिय वृद्धको मृत्यु भएको जनाइएको छ ।

यस्तै, आज २१ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १३ महिला र ८ जना पुरुष रहेका छन् । आज संक्रमितहुनेहरुमा दमकका २ महिला र २ पुरुष गरि ४ जनामा, बिर्तामोडका ७ महिला र १ पुरुषमा गरि ८ जनामा, मेचिनगरका १ महिलामा, कन्काईका १ महिलामा, बुद्धशान्तिका १ पुरुषमा, कचनकवलका १ महिलामा, शिवसताक्षीका १ महिला र २ पुरुष गरि ३ जनामा र झापाका १ पुरुष गरि कुल २१ जनामा संक्रमण देखिएकोे झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४ सय २४ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ३ हजार ९ सय पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ३ सय ९६ जना रहेको जनाइएको छ । यस्तै, झापामा हालसम्म ३४ हजार ८ सय ५५ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया