Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ३ पुष २०७७ । झापामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ । यस्तै, आज १२ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ८ महिला र ४ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका ४ महिला र ४ पुरुष गरि ८ जनामा, बिर्तामोडका २ महिलामा र भद्रपुरका र बुद्धशान्तिका १/१ महिलामा गरि कुल १२ जनामा संक्रमण देखिएकोे झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४ सय ३ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ३ हजार ८ सय ४५ पुगेको छ ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ४ सय ३१ जना रहेको जनाइएको छ । यस्तै, झापामा हालसम्म ३४ हजार ८ सय ३५ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया