Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ३ पुष २०७७ । मुलुकभर आज थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय ५ महिला र ४ सय ७७ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७ सय ६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ६१ हजार ४ सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय २७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ९ हजार ३ सय १७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ५ हजार ८ सय ३४ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ८३ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, ललितपुर र कास्की गरी ३ जिल्ला रहेका छन् भने, मनाङ्ग कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ८३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४९ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया