Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २ पुष २०७७ । मुलुकभर आज थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय ८ महिला र ४ सय ६८ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५ सय ८८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ५५ हजार ७ सय २४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय ४४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ९ हजार ५ सय ८० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ५ हजार ८ सय ८३ जना र संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ९७ जना रहेका छन् ।
यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, ललितपुर र कास्की गरी ३ जिल्ला रहेका छन् भने, मनाङ्ग कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ८१ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५९ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया