Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १ पुष २०७७ । झापामा आज थप २३ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका १ महिला र ६ पुरुष, बिर्तामोडका २ पुरुषमा, मेचिनगरका १ महिला र १ पुरुषमा, भद्रपुरका २ महिला र १ पुरुष, अर्जुनधाराका १ महिला, बुद्धशान्तिका १ पुरुष, कमलका १ महिला र ४ पुरुष, शिवसताक्षीका १ महिला र बाह्रदशीका १ पुरुष गरि २३ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ७४ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ३ हजार ७ सय १२ पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ५ सय ३७ जना रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएसँगै हालसम्म १ सय २५ जनाको मृत्यु भएको छ । यस्तै, झापामा हालसम्म ३४ हजार ६ सय ९० जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया