Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १ पुष २०७७ । मुलुकभर आज थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ९१ महिला र ४ सय ४५ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ५ सय ५५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ४९ हजार १ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय ५२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ९ हजार ७ सय ५७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ हजार ९४ जना र संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ६३ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, ललितपुर र कास्की गरी ३ जिल्ला रहेका छन् भने, मनाङ्ग कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ८९ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५९ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया