झापा, ३० मंसिर २०७७ । झापामा आज १२ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ७ महिला र ५ जना पुरुष रहेका छन् । आज संक्रमितहुनेहरुमा गौरादहका १ पुरुष, बिर्तामोडकी १ महिलामा, मेचिनगरका १ पुरुष र १ महिला, भद्रपुरका १ पुरुष र १ महिला, कन्काईका १ पुरुषमा, बुद्धशान्तिका २ महिलामा, शिवसताक्षीका १ महिला र बाह्रदशीका १ महिला र १ पुरुषमा गरि १२ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ५१ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ३ हजार ६ सय ८३ पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ५ सय ४५ जना रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय २३ जनाको मृत्यु भएको छ ।
हालसम्म ३४ हजार ६ सय ४७ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।






