Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ३० मंसिर २०७७ । मुलुकभर आज थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय ५१ महिला र ५ सय ८५ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १ सय १७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ४३ हजार ५ सय ८१ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय ५७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ९ हजार ८ सय ८१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ हजार १ सय ३ जना र संस्थागत आइसोलेसनमा ३ हजार ७ सय ८४ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, ललितपुर र कास्की गरी ३ जिल्ला रहेका छन् भने, मनाङ्ग कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ३ सय २१ जना संक्रमित आइसियुमा रहेका छन् भने,४८ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया