Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २९ मंसिर २०७७ । झापामा आज थप २२ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ४ महिला र १८ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका १ महिला र ३ पुरुष, बिर्तामोडका ३ पुरुष, मेचिनगरका १ पुरुष, भद्रपुरका १ महिला र १ पुरुष, कन्काईका १ महिला र ६ पुरुष, अर्जुनधाराका १ पुरुष, कचनकवलका १ पुरुष, शिवसताक्षीका १ महिला र १ पुरुषमा, झापाका १ गरि कुल २२ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ३९ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ३ हजार ६ सय ५४ पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ५ सय ६३ जना रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण हालसम्म १ सय २३ जनाको मृत्यु भएको छ । हालसम्म ३४ हजार ५ सय ४७ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया