Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २९ मंसिर २०७७ । मुलुकभर आज थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय १७ महिला र ५ सय ४ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ४ सय २३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ३६ हजार ४ सय ६४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय ७१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १० हजार ९ सय ५५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ३ सय ४० जना र संस्थागत आइसोलेसनमा ३ हजार ६ सय १५ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, ललितपुर र कास्की गरी ३ जिल्ला रहेका छन् भने, मनाङ्ग कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय ७३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १८ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया