Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २८ मंसिर २०७७ । झापामा आज गौरादहका ३ सहित थप १७ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ११ महिला र ६ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादह२ का २ महिला र १ पुरुष, दमकका २ महिला र ३ पुरुष, बिर्तामोडका ५ महिलामा, मेचिनगरका १ महिला, गौरीगन्जका १ पुरुष, कमलका १ पुरुषमा र शिवसताक्षीका १ महिला गरि कुल १७ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय १७ पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ७ सय ३ जना रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय २३ जनाको मृत्यु भएको छ । हालसम्म ३४ हजार ५ सय २७ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया