Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २८ मंसिर २०७७ । मुलुकभर आज थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय ३० महिला र ५ सय पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ सय जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ८१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ३१ हजार ४१ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ५ सय १६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १० हजार ९ सय ९४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ हजार २ सय ३२ जना र संस्थागत आइसोलेसनमा ४ हजार ७ सय ६२ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, ललितपुर र कास्की गरी ३ जिल्ला रहेका छन् भने, मनाङ्ग कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।हालसम्म २ सय ९४ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५२ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया