Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
गौरादह, २८ मंसिर २०७७ । झापाको गौरादहमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नं. ५ कि ५३ वर्षिया महिलाको कोरोना संक्रमणका कारण हिंजो(शनिबार)बेलुका मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक महिलामा यहि मंसिर २५ गते कोरोना पोजेटिभ पुष्टी भएको थियो । मृतक महिलाको उपचार गराइरहेका बेला न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको स्वास्थ्यका श्रेष्ठले जानकारी दिनुभयो । यो सँगै गौरादहमा कोरोना संक्रमणका कारण ४ महिला र १० पुरुष गरि १४ जनाको मृत्यु भएको जनाइएको छ ।

मृतक महिलाको सवलाई आज नै कन्काई माइमा नेपाली सेनाको सव डिस्पोजल टोलीको उपस्थितिमा सदगत गरिने जनाइएको छ ।

यस्तै, गौरादहमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको जनाइएको छ । संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ६८ पुगेको छ । हालसम्म कोरोना संक्रमित भई हस्पिटल र होम आइसोलेसनमा उपचार गराईरहेका सक्रिय संक्रमितको संख्या भने, ६३ जना रहेको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया