Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

विराटनवर, २७ मंसिर २०७७। प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा। रविन्द्र निरौलाले जानकारी दिए। २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उनले बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सवैभन्दा बढीको कोरोना परीक्षण गरेको छ । उसले ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोवेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्युरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन् । ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरङका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

झापाको दमकमा ६, कनकाईमा ३, कचनकवल, मेचीनगर र बुद्धशान्तिमा २–२, बा¥हदशी, भद्रपुर, हल्दिबारी, विर्तामोड र गौरादहमा १–१, सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १–१, मोरङको विराटनगरमा ४, सुन्दरहरैचा र उर्लाबारीमा २–२, पथरीशनिश्चरे र सुनबर्षीमा १–१, इलामको रोङमा २, इलाम नगरपालिका र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १०, बेलबारी आईसोलेसनबाट ४, विराट सामुदायिक भवन आईसोलेसनबाट ३, न्युरो अस्पताल र झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ५८२ पुगेको मन्त्रालयल जनाएको छ ।

 

तपाईको प्रतिक्रिया