Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा,२७ मंसिर २०७७ । झापामा आज गौरादहका ४ सहित थप २० जनामा संक्रमण पुष्टी भएको छ । जसमा १० महिला र १० जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका १ महिला र ३ पुरुष, दमकका २ महिला र १ पुरुष, कचनकवलका १ महिला र १ पुरुषमा, कन्काईका १ महिला र २ पुरुष, बाह्रदशीका १ महिलामा, बुद्धशान्तिका १ महिला र १ पुरुष, भद्रपुरका १ महिलामा, मेचीनगरका १ पुरुषमा, हल्दिबारीका १ महिलामा र बिर्तामोडका १ महिला र १ पुरुष गरि कुल २० जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ९ सय ९१ जना रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण हालसम्म १ सय २२ जनाको मृत्यु भएको छ । हालसम्म ३४ हजार ४ सय ७७ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया