Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २६ मंसिर २०७७ । झापामा आज थप १७ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ४ महिला र १३ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका २ पुरुष, बिर्तामोडका २ महिला र १ पुरुष, मेचिनगरका १ महिला र ३ पुरुष, अर्जुनधाराका ३ पुरुष, शिवसताक्षीका १ पुरुष, कमलका २ पुरुष, बुद्धशान्तिका १ पुरुष गरि कुल १७ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ८० पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ९ सय ७१ जना रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण हालसम्म १ सय २० जनाको मृत्यु भएको छ । हालसम्म ३४ हजार ३ सय ३३ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया