Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २५ मंसिर २०७७ । झापामा आज थप ३० जनामा संक्रमण पुष्टी भएको छ । जसमा ११ महिला र १९ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका २ महिला र ८ पुरुष, बिर्तामोडका ५ महिला र ४ पुरुष, मेचिनगरका १ महिला, अर्जुनधाराका १ पुरुष, शिवसताक्षीका १ महिला र २ पुरुष हल्दिबारीका १ महिला र १ पुरुष र कन्काइका १ महिला र ३ पुरुष गरि कुल ३० जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ६३ पुगेको छ । हालसम्म संक्रमित ३ हजार २ सय ९२ जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ८ सय ५० जना रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय १ सय २० जनाको मृत्यु भएको छ । हालसम्म ३४ हजार २ सय ८४ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया