झापा, २४ मंसिर २०७७ । झापामा आज थप २३ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् ।
आज संक्रमितहुनेहरुमा दमकका १ महिला र ६ पुरुष, बिर्तामोडका २ पुरुष, मेचिनगरका १ महिला र १ पुरुष, भद्रपुरका २ महिला र १ पुरुष, अर्जुनधाराका १ महिला, बुद्धशान्तिका १ पुरुष, कमलका १ महिला र ४ पुरुष, शिवसताक्षीका १ महिला, बाह्रदशीका १ पुरुष गरि कुल २३ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ३३ पुगेको छ । हालसम्म संक्रमित ३ हजार ९३ जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार ९१ रहेको जनाइएको छ ।
झापामा कोरोनाका कारण हालसम्म १ सय १९ जनाको मृत्यु भएको छ । हालसम्म ३४ हजार २ सय २४ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।






