Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २३ मंसिर २०७७ । झापामा आज थप २८ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १४ महिला र १४ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका १ पुरुष, दमकका २ महिला र २ पुरुष, बिर्तामोडका ४ महिला, मेचिनगरका ३ महिला र २ पुरुष, भद्रपुरका २ महिला र ४ पुरुष, बुद्धशान्तिका १ पुरुष, झापा गाउँपालिकाको १ महिला र १ पुरुष, अर्जुनधाराका १ पुरुष, कन्काईका २ पुरुष, शिवासताक्षीका २ महिला गरि कुल २६ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय १० पुगेको छ । हालसम्म संक्रमित २ हजार ९ सय ६० जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३३ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय १७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया