Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २२ मंसिर २०७७ । झापामा आज गौरादहका एक पुरुष सहित थप २१ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ६ महिला र १५ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका १ महिला र २ पुरुष, बिर्तामोडका २ महिला र २ पुरुष, मेचिनगरका ३ पुरुष, भद्रपुरका १ पुरुष, बुद्धशान्तिका १ पुरुष, झापा गाउँपालिकाको १ पुरुष, अर्जुनधाराका १ महिला, कन्काईका १ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुष, कचनकवलका १ पुरुष र ठेगाना नभएका २ पुरुष गरि कुल २६ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय ८२ पुगेको छ । हालसम्म संक्रमित २ हजार ८ सय ६४ जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय १ रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण हालसम्म १ सय १७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया