Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

झापा, २१ मंसिर २०७७ । देशभर आज थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४ सय ८ महिला र ६ सय ८८ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४ सय ९५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५ सय १९ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ५ सय ३६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १३ हजार ५ सय ८२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ हजार ४ सय ६१ जना र संस्थागत आइसोलेसनमा ५ हजार १ सय २१ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा झापा, मोरंग, काठ्माडौं, ललितपुर र कास्की गरी ५ जिल्ला रहेका छन् भने, मनाङ्ग र डोल्पा कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय १३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया