Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २० मंसिर २०७७। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटीमा लैजाने निर्णय भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबार (भोलि)का लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टीको समस्याका विषयमा शनिबार छलफल भएपनि निष्कर्ष ननिस्किएपछि केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा अलग–अलग प्रस्तुत आरोप–प्रत्यारोपका पत्रहरु स्थायी कमिटीमा बुझाइने र सोही बैठकले विवादको निरुपण गर्ने बताउनुभयो ।

स्थायी कमिटी बैठकको बीचमा पनि सचिवालय बैठक बस्न सक्ने र नेताहरुबीच अनौपचारिक भेटघाट भइरहेन प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओली तथा कार्यकारी अध्यक्ष दाहालबीच लामो अन्तरपछि शनिबार भएको आधा घन्टा लामो एक्ला–एक्लै छलफलपछि सचिवालय बैठक बसेको हो ।

गएको कात्तिक २८ गतेको बैठकमा दाहालले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याउनुभएको थियो । त्यसको ‘काउन्टर’मा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको हो ।

नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने तय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया