Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, २० मंसिर २०७७ । झापामा आज थप ३८ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १३ महिला र २५ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा अर्जुनधाराका २ महिला र २ पुरुष, भद्रपुरका १ पुरुषमा, बिर्तामोडका ४ महिला र ५ पुरुष, बुद्धशान्तिका १ पुरुषमा, कमलका १ महिला र २ पुरुष, कन्काईका ५ महिला र ६ पुरुष, मेचीनगरका २ पुरुषमा, शिवसताक्षीका १ महिला र ६ पुरुष गरि ३८ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ७४ पुगेको छ । झापामा कोरोनाका कारण हिंजो सम्मको तथ्यांक अनुसार १ सय १५ जनाको मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया