Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २० मंसिर २०७७ । देशभर आज थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४ सय २ महिला र ६ सय २२ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार २ सय ६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ७४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ५ सय ३६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १४ हजार २ सय ५५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ९ हजार २ सय ६३ जना र संस्थागत आइसोलेसनमा ४ हजार ९ सय ९२ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा झापा, मोरंग, काठ्माडौं, भक्तपुर, ललितपुर र कास्की गरी ६ जिल्ला रहेका छन् भने, मनाङ्ग र डोल्पा कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय १२ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १० जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया