Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १८ मंसिर २०७७ । देशभर आज थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ५ सय ३४ महिला र ८ सय ९ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको जनाइएको छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार १ सय ११ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार २ सय ८९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख ६३ हजार ९ सय १९ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ५ सय ७६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १५ हजार ७ सय ६६ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १० हजार २ सय ७१ जना र संस्थागत आइसोलेसनमा ५ हजार ४ सय ९५ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा झापा, मोरंग, काठ्माडौं, भक्तपुर, ललितपुर र कास्की गरी ६ जिल्ला रहेका छन् भने, मनाङ्ग र डोल्पा कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय ८८ जना संक्रमित आइसियुमा रहेका छन् भने, ६५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया