Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १८ मंसिर २०७७ । झापामा आज गौरादहका ४ जना सहित ५९ जनामा संक्रमण पुष्टी भएको छ । जसमा २८ महिला र ३१ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका २ महिला र २ पुरुष, दमकका १ महिला र ४ पुरुषमा, बिर्तामोडका ७ महिला र ३ पुरुषमा, मेचिनगरका १ पुरुषमा, भद्रपुरका ३ महिला र ४ पुरुष, कन्काईका १ महिला र ३ पुरुषमा, हल्दिबारीका ६ महिला र ५ पुरुष, अर्जुनधाराका २ पुरुष, बुद्धशान्तिका १ महिला, गौरिगंजका १ महिलामा, कचनकवलका १ महिला र २ पुरुष, कमलका ३ महिला, शिवसताक्षीका १ महिला र २ पुरुष, बाह्रदशीका १ महिला र २ पुरुष र अन्य ठेगाना नखुलेका १ पुरुषमा गरि कुल ५९ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार १० पुगेको छ । हालसम्म संक्रमित २ हजार ६ सय ७१ जना डिस्चार्ज भएका छन् ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय २५ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म ३३ हजार ५ सय ४२ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया