Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १७ मंसिर २०७७ । देशभर आज थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ५ सय ६५ महिला र ९ सय २५ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ३ सय जनाको परीक्षण गरिएको छ ।

आजसम्म पीसीआर विधिबाट १७ लाख ५४ हजार ६ सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ५ सय ३५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १६ हजार ५ सय ४७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १० हजार ७ सय ४१ जना र संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ६ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा झापा, काठ्माडौं, भक्तपुर, ललितपुर र कास्की गरी ५ जिल्ला रहेका छन् भने, मनाङ्ग र डोल्पा कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय ६५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया