Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १७ मंसिर २०७७ । झापामा आज थप ३१ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १० महिला र २१ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका १ महिला र १ पुरुषमा, बिर्तामोडका ३ महिला र १ पुरुषमा, भद्रपुरका २ पुरुष, कन्काईका २ पुरुषमा, अर्जुनधाराका १ महिला, मेचीनगरका ६ पुरुष, शिवसताक्षीका १ महिला र २ पुरुष, कचनकवलका १ पुरुष, हल्दिबारीका १ पुरुष, बाह्रदशीका २ महिला र ३ पुरुष र अन्य जिल्ला ठेगाना भएका २ महिला र २ पुरुष गरी कुल ३१ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ९ सय ५१ पुगेको छ । हालसम्म संक्रमित २ हजार ६ सय ९ जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय २८ रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण हालसम्म १ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म ३३ हजार ४ सय २३ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया