Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

इलाम, १७ मंसिर २०७७ । चियारोपणको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । सार्वजनिक लोगो विश्वका दुई देशमा दर्तासमेत भएको छ ।

लोगो दर्तासँगै विश्वबजारमा नेपाली चियाको गुणस्तरीयता बढ्ने भएको छ ।

नेपाली चियाको लोगो विश्वका दुई देशमा ‘ट्रेडमार्क’ भइसकेपछि इलामका चिया कृषक उत्साहित भएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कायकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले चियाको लोगो ट्रेडमार्क भइसकेको र अब यसलाई विश्वबजारमा गुणस्तरीयरुपमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

चिया उत्पादनको १९७ वर्षपछि चियाको लोगो सार्वजनिक गरिएपछि अमेरिका र भारतमा चियाको लोगो दर्ता भइसकेको छ ।

विश्वबजारमा नेपालको चिया नेपाली लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले किसानहरुले चियाको गुणस्तरीय खेतीसमेत सुरु गरिसकेका छन् ।

विश्वबजारमा नेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको छ । नेपालमा वार्षिक छ मेट्रिकटनमात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिकटन कफीको माग रहेको छ ।इमेजखबरबाट

 

तपाईको प्रतिक्रिया