Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १६ मंसिर २०७७ । देशभर आज थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ५ सय १ महिला र ८ सय ३ पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५ सय ८३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख ४६ हजार ३ सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १६ हजार ६ सय ३३ जना बिरामी उपचाररत रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २१ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया