Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौँ, १६ मंसिर २०७७ । बेलायतले फाइजर र एनबायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन अनुमति दिने तयारी गरेको छ । फाइजर र एनबायोटेकले विकास गरेको खोपको अनुमति दिने बेलायत पहिलो राष्ट्र हुनेछ ।

दुबै कम्पनीले कोभिड–१९ विरुद्धको खोप लगाउन अनुमति माँगेको केही घण्टाभित्र डिसेम्बर ७ तारिक भित्रै अनुमति पाउने छ । बेलायतको अखबार द नेशनलको अनलाइन संस्करणका अनुसार अमेरिकाले डिसेम्बर ८ देखि १० भित्र खोपको आकस्मिक प्रयोगको अनुमति दिने तयारी गरेको छ ।

बेलायतका अधिकारीहरुले खोप लगाउन सर्वसाधारणलाई प्रोत्साहन गर्न र विश्वास दिलाउन सेलेब्रिटि परिचालन गरी अभियान नै सञ्चालन गर्नेछ । सर्वसाधारणले विश्वास गरेका अनुहारलाई अभियानको हिस्सा बनाइनेछ ।

म्यान्चेष्टर यूनाइटेडका फुटबलर मार्कस राशफोर्ड र राज परिवारका सदस्यहरु समेत उक्त अभियानमा सहभागी हुनेछन् । राशफोर्डले विद्यालयमा दिइने निशुल्क भोजन अभियानमा सहभागी भई सर्वसाधारणको विश्वास आर्जन गर्नुभएको छ ।

बेलायतका वातावरण सचिब जर्जन ऐस्टिसले चर्चित अनुहारलाई अभियानको हिस्सा बनाउँदा कोभिड–१९ विरुद्धको खोपबारे सर्वसाधारणमा देखिएको भ्रम हटाउन महत्वपूर्ण हुने बताउनुभयो । बेलायतले फाइजर र एनबायोटेकसँग खोपको चार करोड डोज आपूर्ति गर्न सम्झौता गरेको छ । दुबै कम्पनीको कोभिड विरुद्धको खोपको तेस्रो चरणको ट्रायलले ९५ प्रतिशत प्रभावकारी हुने दाबी गरेको छ । उक्त खोप महिना दिनको अन्तरालमा दुई पटक दिइनेछ ।

बेलायतका अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी त्यसपछि नर्सिङ होमका आवासीय कर्मचारी र पछि ८० वर्षभन्दा बढी उमेरका ब्यक्तिमा खोप लगाउने तयारी गरिएको छ । बेलायतको लण्डनस्थित इम्पेरियल कलेजमा एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक पिटर ओपेनशाले दुई साताभित्रै खोप लगाउने अनुमति दिइए आफू चकित नहुने बताउनुभयो ।

स्वयंसेवीहरुलाई खोपको पहिलो डोज लगाउन प्रशिक्षण दिइएको छ । जसका लागि एक हजार सामुदायिक खोप केन्द्रले नियमन गर्ने तयारी गरिएको छ । सरकारले तयारी गरेको कागजातहरुका अनुसार खोप लगाएकाहरुलाई सुरक्षित राख्न ४० देखि ५० वटा रंगशालामा राखेर नियमन गरिनेछ ।

डेली मेलमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो लेखमा अबको केही दिनभित्रै खोप लगाइने तयारी भइरहेको खुलाउनुभएको छ । यद्दपी उहाँले कोभिड–१९ सङ्क्रमणको श्रृखंला तोड्न अपनाइएको सर्तकताका उपायहरुमा तात्कालै खुकुलो पार्ने कुनै योजना नरहेको प्रष्ट्याउनुभएको छ ।

बेलायतमा नोभेम्बर पाँचमा लकडाउन गरिए यता कोरोना सङ्क्रमण नियन्त्रण प्रभावकारी देखिएको छ । बेलायतमा आगामी बुधबारसम्म लकडाउन गरिएको छ । इम्पेरियल कलेज लण्डनले जारी गरेको एक अध्ययन बमोजिम लकडाउनले सङ्क्रमण दर ३० प्रतिशतले कमी आएको छ ।गोरखापत्रबाट

 

तपाईको प्रतिक्रिया