Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १५ मंसिर २०७७ । झापामा आज गौरादहका २ जना सहित ४७ जनामा संक्रमण देखिएको छ । जसमा १८ महिला र २९ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका २ महिलामा, दमकका १ महिला र २ पुरुषमा, बिर्तामोडका ५ महिला र ४ पुरुषमा संक्रमण पुष्टी भएको छ ।

यस्तै, भद्रपुरका ४ महिला र ६ पुरुष, कन्काईका १ महिला र ५ पुरुष, अर्जुनधाराका १ महिला र १ पुरुष, झापा गाउँपालिकाका १ महिला र १ पुरुष, मेचीनगरका १ महिला र १ पुरुष, बुद्धशान्तिका ३ पुरुष, शिवसताक्षीका १ महिला र ३ पुरुष, अन्य जिल्ला ठेगाना भएका वा ठेगाना नखुलेका १ महिला र ३ पुरुष गरी कुल ४७ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ८ सय ६१ पुगेको छ । हालसम्म संक्रमित २ हजार ५ सय १५ जना डिस्चार्ज भएका छन् ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ३६ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय १० जनाको मृत्यु भएको छ । हालसम्म ३३ हजार १ सय ३५ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया