Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १५ मंसिर २०७७ । देशभर आज थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ६ सय २ महिला र ८ सय ७२ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ९ सय ११ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख ३७ हजार ७ सय ४७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ५ सय ३५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १७ हजार ४ सय २३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ११ हजार ८ सय १४ जना र संस्थागत आइसोलेसनमा ५ हजार ६ सय ९ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा झापा, मोरंग, काठ्माडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही गरी ७ जिल्ला रहेका छन् भने, मनाङ्ग र डोल्पा कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय ७५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५८ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभि-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया