Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १४ मंसिर २०७७ । झापामा आज एकजना सुरक्षाकर्मी सहित थप ४१ जनामा संक्रमण देखिएको छ । जसमा १७ महिला र २४ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका १ पुरुषमा, दमकका ५ महिला र ४ पुरुष गरि ९ जना, कमलका १ पुरुषमा, बिर्तामोडका १ महिला र १ पुरुष गरि २ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, भद्रपुरका २ पुरुषमा संक्रमण देखिएको छ, जसमा १ जना सुरक्षाकर्मी रहेको जनाइएको छ । कन्काईका १ पुरुषमा, अर्जुनधाराका २ महिला र ५ पुरुष गरि ७ जना, हल्दिबारीका २ महिलामा, झापा गाउँपालिकाका ६ महिला र ८ पुरुष गरि १४ जना, गौरीगञ्जमा १ पुरुषमा, १ जना अन्य जिल्ला ठेगाना भएकी महिला सहित ४१ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ८ सय १४ पुगेको छ । हालसम्म संक्रमित २ हजार ४ सय ९८ जना डिस्चार्ज भएका छन् ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय ८ जनाको मृत्यु भएको छ । हालसम्म ३३ हजार ८४ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया