Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १४ मंसिर २०७७ । देशभर आज थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ४ सय ४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ६ सय ३२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १७ हजार ९ सय ९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १३ हजार ६ सय १२ जना र संस्थागत आइसोलेसनमा ५ हजार ६ सय १४ जना रहेका छन् ।

हालसम्म ३ सय ६१ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५३ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया