Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १३ मंसिर २०७७ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।
योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ५ सय १५ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १८ हजार ८३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ४ सय ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया