Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, १३ मंसिर २०७७ । झापामा आज थप ४७ जनामा संक्रमण देखिएको छ । जसमा २५ महिला र २२ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका ११ महिला र १२ पुरुष गरि २३ जना, बिर्तामोडका ५ महिला र २ पुरुष गरि ७ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मेचिनगरका २ महिलामा, भद्रपुरका २ महिला र ३ पुरुष गरि ५ जना, कन्काईका २ पुरुषमा, अर्जुनधाराका २ महिला र १ पुरुष गरि ३ जना, शिवसताक्षीका १ महिलामा, बाह्रदशीका १ पुरुषमा, झापा गाउँपालिकाका १ पुरुषमा गरि ४७ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ६ सय १३ पुगेको छ । हालसम्म संक्रमित २ हजार ४ सय ८१ जना डिस्चार्ज भएका छन् ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ६० रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय ८ जनाको मृत्यु भएको छ । हालसम्म ३२ हजार ९ सय ७६ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया