Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १२ मंसिर २०७७ । झापामा आज थप ८६ जनामा संक्रमण देखिएको छ । जसमा ३१ महिला र ५५ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका १ महिला, दमकका ९ महिला र १७ पुरुष गरि २६ जना, बिर्तामोडका २ महिला र ७ पुरुष गरि ९ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मेचिनगरका २ महिला र ७ पुरुष गरि ९ जना, भद्रपुरका २ महिला र ८ पुरुष गरि १० जना, कन्काईका ३ महिला र १० पुरुष गरि १३ जना, हल्दिबारीका १ पुरुषमा, अर्जुनधाराका १ महिला र १ पुरुष गरि २ जना, बुद्धशान्तिका ३ महिला, गौरीगंजका १ महिलामा, शिवसताक्षीका १ महिला र १ पुरुष गरि २ जना, बाह्रदशीका १ महिला र १ पुरुष गरि २ जना, झापा गाउँपालिकाका, १ महिला र १ पुरुष गरि २ जना र झापा जिल्ला बाहेक अरु ठेगाना भएका ४ महिला र १ पुरुष गरि ५ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ७ सय २६ पुगेको छ । हालसम्म संक्रमित २ हजार ४ सय ३० जना डिस्चार्ज भएका छन् ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ९१ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय ५ जनाको मृत्यु भएको छ । हालसम्म ३२ हजार ९ सय ५८ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया