Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १२ मंसिर २०७७ । देशभर आज थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ६ सय ९६ महिला र १ हजार ७ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार २ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ६० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख १० हजार ४ सय ६० जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १७ हजार २ सय ३७ जना बिरामी उपचाररत रहेका छन् । सक्रिय संक्रमित मध्ये १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा र ६ हजार २ सय ९३ जना संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा ६ सय १ जना रहेका छन्।

यस्तैगरी, झापा, काठ्माडौं, भक्तपुर, ललितपुर र कास्की गरि ५ जिल्ला ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु भित्र परेका छन् । यस्तै, मनांग र डोल्पा गरि २ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला रहेका छन् ।

हालसम्म ३ सय ५४ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया