Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ११ मंसिर २०७७ । झापामा आज थप ७४ जनामा संक्रमण देखिएको छ । जसमा ३० महिला र ४४ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका १ महिला , दमकका ३ महिला र १२ पुरुष गरि १५ जना, बिर्तामोडका ७ महिला र ७ पुरुष गरि १४ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मेचिनगरका ३ महिला र ३ पुरुष गरि ६ जना, भद्रपुरका १ महिला र ३ पुरुष गरि ४ जना, कन्काईकाa ३ महिला र ४ पुरुष गरि ७ जना, अर्जुनधाराका ६ महिला र २ पुरुष गरि ८ जना, बुद्धशान्तिका १ महिला र २ पुरुष गरि ३ जना, शिवसताक्षीका १ महिला र ३ पुरुष गरि ४ जना, झापा गाउँपालिकाका, २ पुरुष र झापा जिल्ला बाहेक अरु ठेगाना भएका ४ महिला र ४ पुरुष गरि ८ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ६ सय ४० पुगेको छ । हालसम्म संक्रमित २ हजार ३ सय ९५ जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४० रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १ सय ५ जनाको मृत्यु भएको छ । हालसम्म ३२ हजार ७ सय ५३ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया