Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, १० मंसिर २०७७ । झापामा आज थप ९४ जनामा संक्रमण देखिएको छ । जसमा ४१ महिला र ५३ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका १ महिला र १ पुरुष गरि २ जना, दमकका ५ महिला र ६ पुरुष गरि ११ जना, बिर्तामोडका १ महिला र ४ पुरुष गरि ५ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मेचिनगरका १ महिला र १ पुरुष गरि २ जना, भद्रपुरका १३ महिला र ९ पुरुष गरि २२ जना, कन्काईका १ महिला र १ पुरुष गरि २ जना, हल्दिबारीका पुरुषमा, अर्जुनधाराका २ महिला र ३ पुरुष गरि ५ जना, बुद्धशान्तिका १ महिला र १ पुरुष गरि २ जना, गौरीगंजका १ पुरुषमा, शिवसताक्षीका १ महिला र २ पुरुष गरि ३ जना, बाह्रदशीका १ पुरुष झापा गाउँपालिकाका, १४ महिला र २० पुरुष गरि ३४ जना र झापा जिल्ला बाहेक अरु ठेगाना भएका १ महिला र १ पुरुष गरि २ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ५ सय ६६ पुगेको छ । हालसम्म संक्रमित २ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार १ सय १६ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म १०० जनाको मृत्यु भएको छ । हालसम्म ३२ हजार ६ सय १ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया