Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ९ मंसिर २०७७ । देशभर आज थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ७ सय २१ महिला र १ हजार ६९ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७ सय ९१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ८ सय ४३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १९ हजार २ सय २० जना बिरामी उपचाररत रहेका छन् । सक्रिय संक्रमित मध्ये ६ हजार ५ सय १८ जना होम आइसोलेसनमा र १२ हजार ७ सय २ जना संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा ६ सय २७ जना रहेका छन्।

यस्तैगरी, काठ्माडौं, भक्तपुर, ललितपुर र कास्की र रुपन्देही गरि ५ जिल्ला ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु भित्र परेका छन् । यस्तै, मनांग र मुगु गरि २ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला रहेका छन् ।

हालसम्म ३ सय ९३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५७ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया