Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ९ मंसिर २०७७ । झापामा आज थप १ सय ११ जनामा संक्रमण देखिएको छ । जसमा ५१ महिला र ६० जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा गौरादहका ९ महिला र १७ पुरुष गरि २६ जना, दमकका ६ महिला र ५ पुरुष गरि ११ जना, बिर्तामोडका १० महिला र १३ पुरुष गरि २३ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मेचिनगरका २ महिला र २ पुरुष गरि ४ जना, भद्रपुरका ४ महिला र १ पुरुष गरि ५ जना, कन्काईका ५ महिला र ४ पुरुष गरि ९ जना, हल्दिबारीका १ महिला र २ पुरुष गरि ३ जना, अर्जुनधाराका १ महिला र ४ पुरुष गरि ५ जना, बुद्धशान्तिका २ महिला र ४ पुरुष गरि ६ जना, कचनकवलका २ महिला र २ पुरुष गरि ४ जना, कमलका २ महिलामा, शिवसताक्षीका २ महिला २ पुरुष गरि ४ जना, बाह्रदशीका १ महिलामा र झापा जिल्ला बाहेक अरु जिल्ला ठेगाना भएका तथा ठेगाना नखुलेका ४ महिला र ४ पुरुष गरि ८ जना गरि १ सय ११ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ४ सय ७२ पुगेको छ । हालसम्म संक्रमित २ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार ४४ रहेको जनाइएको छ । झापामा कोरोनाका कारण हालसम्म ९९ जनाको मृत्यु भएको छ । हालसम्म ३२ हजार ५ सय ७६ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया