Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ९ मंसिर २०७७ । झापाको गौरादहमा आज एकैदिन सबैभन्दा बढी २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ९ महिला र १७ जना पुरुष रहेका छन् ।

आज संक्रमित हुनेहरु १ देखि ८ नं. वार्डका रहेका छन् । आज २६ जना थपिएसँगै गौरादहमा संक्रमित हुनेको संख्या २ सय १४ पुगेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भएर निको भई ८८ जना डिस्चार्ज भएको श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमित भई विभिन्न आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ सय १४ जना पुगेको छ ।

कोरोनाका कारण २ महिला र १० पुरुष गरि १२ जनाको  मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया