Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ७ मंसिर २०७७ । देशभर आज थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ६ सय ५५ महिला र १ हजार २४ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ३२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १९ हजार ९ सय ६३ जना बिरामी उपचाररत रहेका छन् । सक्रिय संक्रमित मध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा र ६ हजार ३ सय ५१ जना संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म क्वारेन्टाइनमा ६ सय ८६ जना रहेका छन्।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया