Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ७ मंसिर २०७७ । नेपालमा कोरोना संक्रमण देखिएको ७ महिनायता १ सय ३४ जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भएको छ । लकडाउन सुरु भएको गत चैत्र ११ देखि असोज अन्तिमसम्म उनीहरुको मृत्यु भएको हो ।

जसमध्ये ९ जना महिलामा कोरोना संक्रमण र केहीमा लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश १ र लुम्विनीका छन् ।

नेपालका कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्तिनै नौं दिने सुत्केरी महिला थिइन् । उनको जेठ ३ गते मृत्यु भएको थियो ।

महाशाखाकी मातृ तथा नवजात शिशु शाखा प्रमुख डा.पुण्या पौडेलले अस्पताल पुर्‍याउन हुने ढिलाई,सवारी सधानको अभाव,उच्च रक्तश्राप,उच्च रक्तचापका साथै अस्पतालमा स्रोत साधनको अभावका कारण महामारीको समयमा गर्भवती र सुत्केरी महिलाको मृत्यु हुने दर बढेको बताउनुभयो ।

चैत्र ११ देखि साउन अन्तिमसम्म नै ८० जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भएको थियो । यस्तै भदौ र असोज महिलामा ५४ जना महिलाले ज्यान गुमाएका छन् ।

परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालकी निर्देशक डा।संगिता मिश्रा भने गर्भवती र सुत्केरी महिला संक्रमणको उच्च जोखिममा रहे पनि मृत्यु हुने सम्भावना भने निकै कम रहने बताउनुहुन्छ ।

गर्भवती र सुत्केरी अबस्थामा हुने उच्च रक्तश्रापका कारण ३० प्रतिशत महिलाले ज्यान गुमाउने गरेका छन् ।

ती मध्ये पनि अस्पताल पुगेको ४ घण्टा भित्र नै मृत्य हुने महिलाको संख्या धेरै रहेको डा.पौडेलले जानकारी दिनुभयो ।

नेपालमा गर्भवती अबस्थामा पनि नियमित जाँच गराउने महिलाको संख्या निकै कम छ ।

झन महामारीका कारण गर्भ परीक्षण गराउनेको संख्या ७२ प्रतिशतले घटेको महाशाखाले जनाएको छ ।

सन् २०१६ मा भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समेत ८४ प्रतिशत गर्भवती महिलाले मात्र नियमित स्वास्थ्य परीक्षण गराउने गरेको देखाएको थियो ।इमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया