Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ६ मंसिर २०७७ । झापामा आज थप ५४ जनामा संक्रमण देखिएको छ । जसमा २८ महिला र २६ जना पुरुष रहेका छन् ।

आज संक्रमित हुनेहरुमा बिर्तामोडका ५ महिला र ५ पुरुष गरि १० जनामा, भद्रपुरका ७ महिला र ४ पुरुष गरि ११ जनामा, अर्जुनधाराका ३ महिला र २ पुरुष गरि ५ जनामा, शिवसताक्षीका १ महिला र १ पुरुषमा, झापाका १ पुरुषमा,कन्काइका ९ महिला र ५ जना पुरुष गरि १४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बुद्धशान्तिका १ पुरुषमा, मेचिनगरका १ महिला र ३ पुरुष गरि ४ जनामा, ठेगाना नखुलेका अन्य जिल्लाका १ महिला र ४ पुरुष गरि ५ जनामा गरि ५४ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार २ सय २२ पुगेको छ । हालसम्म संक्रमित २ हजार २ सय २३ जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ९ सय ९२ रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण हालसम्म ९१ जनाको मृत्यु भएको छ । झापामा हालसम्म ३२ हजार २ सय ६१ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया