Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ५ मंसिर २०७७ । देशभर आज थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ७ सय ४० महिला र १ हजार २ सय ५ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ३ सय ४० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १६ लाख ४३ हजार ८ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ सय ५३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई २४ हजार ६ सय ६५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १९ हजार १४ जना र संस्थागत आइसोलेसनमा ५ हजार ६ सय ५१ जना रहेका छन् ।

यस्तै, मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, मोरंग, सुनसरी, काठ्माडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, र कैलाली गरि १२ जिल्ला रहेका छन् ।
यस्तै, मनाङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ४ सय ३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ६३ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया